१६ श्रावण २०७६, बिहीबार
  • केशवरा पौडेल

धुलिखेल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेका विभिन्न स्थानबाट ट्रिपरसँग पैसा उठाउने पाँच जना ट्राफिक प्रहरीलाई रंगेहात पक्राउ गरेको छ ।

उनिहरुको साथबाट ६ हजार रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ । पक्राउ पर्नेमा दुई जना हवल्दार र तीन जना जवान रहेका छन् ।

प्रहरी चौकी हिगुवापाटीका प्रहरीका जवान तेजप्रसाद भट्टराईलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरीचौकी पाँचखालमा कार्यरत प्रहरी हबल्दार भक्तबहादुर हायु र ज्ञानबहादुर लामगाडेलाई पाँचखाल केराघारीवाट पैसा लिदै गरेको समयमा नगद सहित नियन्त्रणमा लिएको हो ।

सोही दिन अख्तियारको टोलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत प्रहरी हबल्दार रामहरि मानन्धर र हरिप्रसाद मानन्धरलाई २ हजार रकम सहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले काभ्रेको हिगुवापाटी, पाँचखाल, खाँवा, बनेपा र साँगामा मासिक रुपमा टिपरहरुसँग रकम असुल्ने गरेको सूचनाको आधारमा छापा मारेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV