१६ श्रावण २०७६, बिहीबार
  • राेशन दानी

काठमाडाैँ, १६ साउन । काठमाण्डौं प्रहरी परिसर प्रमुख उत्तम राज सुवेदीले गत वर्षको अपराधिक तथ्यांक हेर्दा नेपाल प्रहरी ९७ प्रतिशत केसमा सफलता प्राप्त गरेको बताएका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी बृत महाराजगंज र सामुदायिक सेवा केन्द्र बांसबारीको संयुक्त आयोजनामा सामुदायिक सेबा केन्द्र बांसबारीको प्रांगणमा ‘लैगिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा बाेल्दै काठमाडाैँ प्रहरी प्रमुख सुवेदीले सो कुरा बताएका हुन ।

जति पनि अपराधिक घटनाहरु भइरहेका छन ती सबै सामाजिक बिकृतिका कारण भएको र पछिल्लो समयमा सामाजिक संजालको बढ्दो दुरुपयोगका कारण हाम्रा नानीहरु अपराधिक घटनामा पिडित हुनु परेको धारणा राखे ।

काठमाडाैँ प्रहरी प्रमुख सुवेदीले भने, ‘सामाजिक बिकृतिका कारण समाजमा देखिएका लैंगिक हिंशा , घरेलु हिंशा , हत्या , आत्म हत्या जस्ता समस्याहरु न्यूनीकरण गर्ने सम्बन्धमा सामाजिक बिकृति र बिसंगतीलाई चिर्दै अपराध रहित र समुन्नत समाज निर्माण गर्ने सिलसिलामा नेपाल प्रहरीले बिधालय तह देखि नै सचेतनात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ नेपाल प्रहरी जहिले पनि महिला तथा बालबालिकाका केशमा संबेदनसिल भई काम गरिरहेको छ ।’

कार्यक्रमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रमेश खड्काले लैगिक हिंशा तथा सामाजिक बिकृतिका बिरुद्ध आफ्नो सामुदायिक सेवा केन्द्रले समुदाय र प्रहरी बीचमा पुलको कार्य गरेको र उपस्थित महिला तथा बालबालिका बर्गलाई अन्यायका बिरुद्दमा आवाज उठाउन आग्रह गरे ।

कार्यक्रमको औचित्यता माथी प्रकाश पार्दै वृत्तमा कार्यरत प्रहरी निरीक्षक अनिता महतले प्रहरी बृत महाराजगंजमा गत आर्थिक बर्षमा महिला तथा बालबालिकाका सम्बन्धमा परेका उजुरीहरुको संख्यात्मक बिबरण सहित लैंगिक हिंशा न्युनिकरणमा बृतबाट भए गरेका प्रयासहरु प्रस्तुत गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV