१६ श्रावण २०७६, बिहीबार

काठमाडाैँ । घरजग्गा किन्न मानिसहरु कराडौं रुपैयाँ खर्च गर्छन् । तर, इटालीको एउटा सहरमा घरजग्गा किन्दा पैसा तिर्नुपर्दैन । उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिन्छ ।

इटालीको केन्डेला सहरका मेयरले घरजग्गा किन्दा ग्राहकले पैसा तिर्नुको साटो उल्टै सरकारले नै पुरस्कार स्वरुप पैसा दिने घोषणा गरेका हुन् । यो सहरमा बस्नका लागि घर खरिद गर्ने जो कोहीलाई सरकारले सित्तैमा घर उपलब्ध गराउने मात्र होइन, उल्टै २ हजार युरो पुरस्कार समेत दिन्छ ।

यस्तो अफर केवल इटालियनका लागि मात्र होइन विदेशीहरुले समेत त्यहाँ घर किन्न पाउनेछन् । जागिर र राम्रो जिवनको खोजीमा बसाईसराई गर्दै शहरबासीहरु बाहिर जाने क्रम बढेर सहर रित्तिन थालेपछि स्थानीय सरकारले यस्तो अफर ल्याएको हो । गाउँमा अहिले केवल बृद्धहरु मात्र रहेकाले उनीहरुको मृत्युपछि सहर नै खाली हुने अवस्था आएको छ ।

सिएनएनका अनुसार सन् १९९० को दशकसम्म त्यहाँको जनसंख्या ८ हजार रहेकोमा अहिले घटेर २७ सयमा झरेको छ । यो अवस्थाबाट चिन्तित मेयर गाउँमा युवा परिवारहरु आएर घरजम गरुन् र जनसंख्या बढोस् भन्ने चाहन्छन् ।

सित्तैमा पुरस्कार सहित घर किनेर यहाँ आएर बस्ने व्यक्तिले सहरमै व्यवसाय तथा रोजगारी दिनुपर्नेछ र, व्यवसायका लागि सरकारले सहयोग समेत गर्नेछ ।

हेर्नुस् भिडियाे-

प्रतिक्रिया दिनुहोस्
LIVE TV