१६ श्रावण २०७६, बिहीबार

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित गरेको छ । दलहरुबीच सहमति नजुटेपछि बिहीबार २ बजे तोकिएको बैठक रोकिएको हो ।

बिहिबार स्थागित भएको प्रतिनिधिसभाको बैठक साउन २० गते सोमबार बिहान ११ बजे हुने भएको छ । सभामुख कृष्णबहादुर महराले संसदको अवरोध खुलाउन आव्हान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक सरेको सूचना टाँसिएको छ ।

दलहरु सकारात्मक देखिए पनि आआफ्नै अडानमा रहेपछि सहमति जुट्न नसकेको बताइएको छ ।

LIVE TV