१६ श्रावण २०७६, बिहीबार

काठमाडाैँ । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम मोसेन खान स्मृति सिक्स- ए साइड डे-नाइट भेट्रान कप फुटबल प्रतियोगिता साउन २३ गतेदेखि हुने भएको छ ।

नकआउट प्रतियोगितामा काठमाडौंका १६ टिमको सहभागिता निश्चित भइसकेको आयोजक क्लबका अध्यक्ष अजब श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

चाबहिलमा रहेका खान परिवारहरुको प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेलहरु चाबहिलस्थित गणेशथानको मैदानमा हुनेछ । मोसेन खान फुटबल खेलाडी थिए, उनकै सम्झनामा याे खेल हुन लागेकाे हाे । फाइनल खेल साउन ३२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV