१६ श्रावण २०७६, बिहीबार

काठमाडाैं । रोटरी क्लब अफ मातृभूमि बालुवाटारले समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने मातृभूमि हिरो –२०१९ बाट युवा सञ्चारकर्मी, लेखक कमल ढकाललाई सम्मान गरेको छ ।

रोटरी क्लब अफ मातृभूमि बालुवाटारले आफ्नाे चौथो पदस्थापन कार्यक्रममा उक्त सम्मान ढकाललाई प्रदान गरेको हो । ढकाल गो–अहेड पुस्तकका लेखक हुन् भने घोष्ट राईटिङ नेपालका अध्यक्ष हुन् ।

हरेक वर्ष समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने यो पुरस्कारले यहि
वर्षबाट सुरु गरिएको रोटरी क्लब अफ मातृभूमि बालुवाटारको पूर्व अध्यक्ष विष्णुहरी दाहालले जानकारी दिनुभयाे ।

कार्यक्रममा चर्चित हास्य कलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले रंगशाला निर्माणमा रोटरीको सहभागिता रहनेमा आफू विश्वस्त भएको बताउनुभयाे।

कार्यक्रममा वर्ष २०१८–१९ को वेस्ट रोटरीयन क्लबका सचिव नारायण अधिकारी तथा वेस्ट रोटर्‍याक्ट अवार्ड प्रकाश पाठकलाई प्रदान गरिएको छ ।

डिस्ट्रिक्ट ३२९२ मा युवाहरूको क्लब भनेर चिनिने रोटरी क्लब अफ मातृभूमि बालुवाटारको पदस्थापन कार्यक्रममा वर्ष २०१८–१९ का प्रेसिडेन्ट विष्णुहरि दाहालले गंग प्रदान गर्दै वर्ष २०१९–२० का प्रेसिडेन्ट जयरामलाई सिग्देलले पदभार हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV