१६ श्रावण २०७६, बिहीबार

काठमाडाैं । देशभरका विभिन्न जिल्लाका दुर संचार प्रदायक संस्थाको टावरमा आक्रमण भएको छ ।

मंगलबार र बुधबारसम्म अज्ञात समूहले एक दर्जन एनसेल र नेपाल टेलिकमको टावरमा आगजनी गरेको हो । झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा र कैलालीमा एनसेलका टावरमाथि आगजनी गरेको प्रहरीले जनाएको छ ।

झापा र धादिङमा भने एनसेलको टावरमा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । अज्ञात समूहले नै अर्घाखाँचीमा नेपाल टेलिकमको टावरमा आगजनी गरेको छ । आगजनीको जिम्मा हालसम्म कसैले पनि लिएको छैन ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV