१६ श्रावण २०७६, बिहीबार

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका-१ कि २ वर्षीय बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छन् । साउन १२ गते दिउँसो हजुरबुबासँग खेल्दै गरेकी बालिका अचानक हराएकी थिइन् ।

उनलाई सदरमुकाम फुङलिङबाट गएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलिले जंगलमा भेट्टाइ परिवारको जिम्मा लगाएको हो ।

छोरी बेपत्ता भएपछि पीडा सहन नसकि बिष सेवन गरेकी बालिकाकी आमा सरस्वता इवारामको भने धरानको घोपामा उपचार भइरहेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।

घरपरिवार र आफन्तले खोजतलास गर्दा नभेटाएपछि सिनाम प्रहरी चौकीमा खबर गरेका थिए । प्रहरी हवल्दारको नेतृत्वमा सशस्त्र प्रहरी समेत र गाउँलेले रातभर खोजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV