१६ श्रावण २०७६, बिहीबार

बंगलादेशविरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले क्लिनस्वीप गरेको छ । गत साँझ भएको अन्तिम एक दिवसीयमा श्रीलंका १ सय ७२ रनले विजयी हुँदै ३–० ले सिरिजमाथि कब्जा गरेको हो । घरेलु टोली श्रीलंकाले बंगलादेशलाई २ सय ९५ रनको लक्ष्य दिएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाकाले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो । श्रीलंकाका लागि एन्जेलो म्याथ्यूजले ८७, कुशल मेन्डिसले ८४, डिमुथ करुनारत्नेले ४६, कुशल परेराले ४२ रन बनाए । बंगलादेशका सफिउल इस्लाम र सौम्य सरकारले तीन–तीन विकेट लिए । २ सय ९५ रनको लक्ष्यसहित मैदान उत्रिएको बंगलादेश ३६ ओभरमा १ सय ७२ रन बनाउँदा अल आउट भयो । बंगलादेशका सौम्य सरकारले सबैभन्दा बढी ६९, तेजुल इस्लामले नट आउट ३९ रन बनाए ।

श्रीलंकाका दासुन सनकाले तीन तथा कसुन रजिथा र लिहरु कुमाराले दुई–दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV