१६ श्रावण २०७६, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले आ.व. २०७५/०७६ मा २५ वटा स्थानीय कानुन बनाई कार्यान्वयनमा ल्याएको छ ।

ती कानुनहरूमा काठमाडौँ महानगरपालिका सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि), सार्वजनिक निजी साझेदारी तथा लगानी, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन, सवारी तथा यातायात व्यवस्थापन, शिक्षा, सार्वजनिक खरिद र विवाद निरुपण ऐन, ९२०७५० लगायत छन् ।

उक्त महानगरपालिकाले ती कानुनहरू बनाउनुका अतिरिक्त अन्य विभिन्न कार्यलाई व्यवस्थित रुपमा अघि बढाइरहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV