१६ श्रावण २०७६, बिहीबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीभित्र आम चासोको विषय रहेको अधिवेशनको एजेण्डाले अझै निकास पाउन सकेको छैन ।

संघीय संरचना अनुसार पार्टी संरचना निर्माण गरि १४औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा सबै एकमत भए तापनि प्रक्रिया मिलाउने विषयमा विवाद कायमै छ । भर्खरै विधान संशोधन गरी नियमावलीसमेत पारित गरेको कांग्रेसलाई तत्काल तल्लो तहको अधिवेशन गर्नुपर्ने बाध्यता छ ।,समाचार आजको समाचारपत्र दैनिकले लेखेको छ ।

बैठकमा अघिवेशनबारे केन्द्रीय सदस्यहरुले लामो छलफल गरे पनि निर्णयका लागि प्रस्ताव आएको छैन । बुधबारको बैठकमा पनि अधिवेशन कसरी गर्ने भन्नेबारेमा नेताहरु केन्द्रित रहे । समय थोरै भएकाले अब निर्णयको प्रस्ताव आउनुपर्ने भन्दै केन्द्रीय सदस्य शंकर भण्डारीले त कडा शब्दमा सहमति नभए बहुमतबाट भए पनि अधिवेशनको कुरा टुङ्गोमा पु¥याउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV