१५ श्रावण २०७६, बुधबार

एजेन्सी । अफगानिस्तानमा सन् २०१९ को पहिलो ६ महिनामा विद्रोही भन्दा नेटो गठबन्धन सहितको सरकारपक्षीय फौजद्वारा सर्वसाधारण मारिएको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ ।
तालिबानविरुद्ध गरिएको भीषण अमेरिकी हवाई कारबाहीकाबीच वर्षको आरम्भदेखि जुन महिनासम्मको तथ्याङ्क प्रकाशमा आएको हो ।

यो अवधिमा लडाकुद्वारा पाँच सय ३१ जना मारिएकोमा अफगान र नेटो नेतृत्वको फौजद्वारा सात सय सर्वसाधारण मारिएको राष्ट्रसङ्घले जनाएको छ । अफगानिस्तानस्थित राष्ट्रसङ्घीय सहायता निकायका अनुसार यो वर्षको पहिलो ६ महिनामा ८९ बालबालिकासहित तीन सय ६३ जनामध्ये अधिकांश अमेरिकी युद्धक विमानद्वारा गरिएको हवाई आक्रमणमा मारिएको उल्लेख छ । तर अमेरिकी सेनाले भने उक्त तथ्याङ्क अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV