१५ श्रावण २०७६, बुधबार

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच महिनादेखि रिक्त पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाकाे चुनाव २०७४ का दाैरान याेगेशलाई उम्मेदवार बनाउँदा तत्कालीन एमाले अध्यक्ष रहेका प्रम ओलीले उनलाई मन्त्री बनाउने उद्घाेष गर्नुभएकाे थियाे । ताप्लेजुङमै चुनावी भाषण गर्दा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, मन्त्री बनाउने जिम्मा मेराे’ भन्दै मतदातासँग अनुराेध गर्नुभएकाे कुरा यतिखेर स्मरणीय छ ।

ढिलै भए पनि उहाँकाे बाेली पूरा भएकाे छ । निर्वाचन प्रचारका क्रममा नै अध्यक्षले ओलीले मन्त्री गराउने उद्घोष गरे पनि चिसिएको सम्बन्धका कारण भट्टराईको मन्त्री यात्रा २० महिना पर धकेलियाे । तत्कालीन मन्त्री रवीन्द्रकाे निधनपश्चात पनि उहाँकाे रिक्तता पूरा गर्न प्रम ओलीलाई ५ महिना लाग्याे ।

This image has an empty alt attribute; its file name is yogesh-bhatta.jpg

योगेश भट्टराई प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित हुनुभएको थियाे । सो क्षेत्रबाट भट्टराईले २९ हजार ४ सय ७९ मत प्राप्त गर्नुभएको छ । सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै गर्दा उहाँको जिम्मेवारी विशेष मानिएको छ ।

राजनीतिक यात्रा

नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराई विक्रम संवत २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा जन्मिनुभएको हो । पारिवारिक पृष्ठभूमि पनि बामपन्थी नै भएकाले उहाँलाई त्यतातर्फ लाग्न प्रेरित गर्यो । भट्टराईले २०३७ सालमा अनेरास्ववियूको राजनीति थाल्नुभयो ।

२०५१ सालमा अनेरास्ववियूको अध्यक्ष समेत हुनुभएका भट्टराई बिद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमा समेत बसेर काम गर्नुभएको थियो । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पटक पटक भाग लिनुभएका उहाँ तत्कालिन नेकपा एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय कमिटीमा सदस्यको बन्नुभयो ।

हाल नेकपाको स्थायी सदस्यको जिम्मेवारीमा रहनुभएका भट्टराई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालमा काठमाण्डौं क्षेत्र नंबर ५ बाट दोस्रो पटक चुनावमा पराजित हुनुभयो ।

सन् २०२० पर्यटन वर्ष सुरु हुन पाँच महिना मात्रै बाँकी रहँदा प्रधानमन्त्रीले भट्टराईलाई आफ्नो सारथी छान्नुभएको छ । पर्यटन मन्त्रालयको विकृति नियन्त्रणमा भट्टराईको परीक्षा सुरु भएको छ । जनता र पार्टीले समेत ठुलो आशा गरेका भट्टराई कति खरो उत्रन सक्नुहुनेछ, त्यो प्रतिक्षाको विषय बनेको छ ।

हेर्नुस् भिडियाे-

LIVE TV