१५ श्रावण २०७६, बुधबार

काठमाडौं, १५ साउन । आजै नियुक्त हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले शीतल निवासमा शपथग्रहण गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्री भट्टराईले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । त्यसलगत्तै उहाँले मन्त्रालय पुगी आफ्नो पदभार समेत ग्रहण गर्नुभएको छ । उहाँले मन्त्रालयमा आजै आफ्नो हाजिरी गर्नुभएको हो ।

उहाँलाई पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए ।

यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ मा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि लामो समय सो मन्त्रालय प्रधानमन्त्री मातहत राखिएको थियो । रिक्त रहेको पर्यटनमन्त्रीको पदमा ५ महिनापछि भट्टराईले हाजिर गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV