१५ श्रावण २०७६, बुधबार

इलाम । नेकपा भित्र हल्ला अनुसारको स्कुल विभिागको विवाद नरहेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपालका वरिष्ठ नेता झलनाथ खनालले मिडियामा आए जस्तो स्कुल विभागको बारेमा कुनै विवाद नभएको बताउनुभएको छ । गृह जिल्ला इलाम जाने क्रममा प्रेस संगठन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा खनालले स्कुल विभागको जिम्मेवारी पार्टीले चाँडै टुङ्ग्याउने बताउनु भयो ।

नेकपाका वरिष्ठ नेता खनालले स्कुल विभागका लागि नेकपाका ईश्वर पोखरेल, नारायण काजी र झलनाथ खनाल लगायत धेरै नेता योग्य रहेको बताउनुभयो । उहाँले स्कुल विभागका बारेमा भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV