१५ श्रावण २०७६, बुधबार

उत्तर कोरियाले सि अफ जापानमा बुधबार बिहान दुई वटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै समाचार एजेन्सी योन्हापले दिएको समाचारअनुसार पूर्वी तटमा रहेको होदो प्रायद्वीपबाट क्षेप्यास्त्रहरु प्रहार गरेको थियो ।

यस विषयमा उत्तर कोरियाले भने केही बताएको छैन । जापानका रक्षामन्त्रीले ती क्षेप्यास्त्रहरू आफ्ना भूभागसम्म पुगेको बताएका छन् । गत साता पनि उत्तर कोरियाले दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका थिए । सी अफ जापानमा खस्नुअघि दुवै क्षेप्यास्त्रले ४३० किलोमिटर दूरी पार गरेको थियो ।

अमेरिका र दक्षिण कोरियाले गर्न लागेको संयुक्त युद्ध अभ्यासबाट उत्तर कोरिया चिढिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV