१५ श्रावण २०७६, बुधबार

काठमाडौं । कांग्रेसले सर्लाही घटना छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदनमा अवरोध कायमै राख्ने भएको छ। कांग्रेस र राजपा मिलेर समिति बनाउनुपर्ने मागसहित प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन्।

सोमबार नाराबाजीका कारण स्थगित बैठक बुधबार बिहान ११ बजे बोलाइएको छ। प्रतिपक्षी दुवै दलले सरकारले विधिको शासन र मानवअधिकारको गम्भीर उल्लंघन गरेको आरोप लगाएका छन्। सर्लाही घटनाको छानबिन हुनुपर्ने माग गर्दै बुधबार पनि बैठक अवरुद्ध गर्ने दुवै दलले जनाएका छन्। यो खबर बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV