१४ श्रावण २०७६, मंगलवार
  • तारा आचार्य

विराटनगर, १४ साउन । सडक सुशासन कायम गराउन प्रदेश नं. १ सरकारले ट्राफिक प्रहरीलाई प्रविधि मैत्री बनाउँदै लगेको छ ।

यसैक्रममा करिब ७७ लाख रुपैयाँ बराबरको ट्राफिक सामग्रीहरु प्रदेश सरकारले ट्राफिक प्रहरीलाई प्रदान गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मंत्रालयमा आयोजना गरिएको एक कार्यक्रम बीच आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मत कार्कीले प्रदेश नंं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीलाई ७ थान राडार गन, २० थान ब्रेथलाइजर र १ सय थान ह्विल लक हस्तान्तरण गर्नुभयो । यी सामग्रीहरु प्रदेश भरीका सार्वजनिक यातायात चाप रहेका ट्राफिक प्रहरी कार्यालयलाई वितरण गरिने छ ।

सडक दुर्घटना बढिरहेको बेला सडक सुशासन कार्यक्रम अन्तर्गत वितरण गरिएको सो सामग्रीको प्रयोगबाट सडक सुशासन कायम गराउन र दुर्घटना न्यून गर्न सहयोग पुग्ने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीम दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV