१४ श्रावण २०७६, मंगलवार

काठमाडौं । पूँजीगत लाभकरको विवाद बढेका कारण शेयर बजार प्रभावित भएको छ । शेयर विक्रीगर्दा आधारदर विक्रीकर्ताले नै तोक्नुपर्ने व्यवस्थाका कारण बजारमा चहलपहल घटेको छ । त्यसैले मंगलबार कारोबार रकम घटेको छ ।

शेयर बाजरमा शेयरको विक्रीगर्दा लगानीकर्ता आफैले आधारदर तोक्नुपर्ने व्यवस्था गरिएपछि लगानीकर्ता आन्दोलित भएका छन् । त्यसको प्रभाव मंगलबारको शेयर बजारमा देखिएको छ । कारोबार रकम २९ करोड ४३ लाख रुपैयाँमा सिमति भएको छ । बजारमा शेयरको विक्रीचाप ह्वात्तै घटेको छ ।

जसले गर्दा नेप्सेमा समान्य सुधार देखिएको छ । परिसूचक नेप्से ३ दशमलव ३९ अंकले बढ्न गई १ हजार २ सय ६० अंक नजिक बन्द भएको छ । सेनसेटिभ परिसूचक पनि बढेको छ । कारोबारमा आएका अधिकांश समुह समान्य अवस्थामा छन् । नेपाल बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक लगायतका बैंकहरुको शेयरको खरिदविक्री बढी छ ।

बजार समान्य अवस्थामा रहदा एकवटा इन्स्योरेन्स कम्पनी र तीनवटा लघुवित्त कम्पनीका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । मंगलबार अधिकांश लघुवित्तका शेयरधनीको कमाई उच्च छ । युनियन हाइड्रोपावरका शेयरधनीले भने सबैभन्दा धेरै ६ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV