१४ श्रावण २०७६, मंगलवार

देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले पश्चिमको केही ठाउँमा मंगलबार दिउँसो र राति मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् । मध्य र पूर्वी मुसलधारे पानी पर्ने सम्भावना छैन । मंगलबार राति देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा मध्य र पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरको बुलेटिनमा उल्लेख छ । मनसुनी न्यून चापीय रेखा नेपालबाट दक्षिणतिर सरेकोले मनसुनी गतिविधि केही दिनदेखि कमजोर बनिरहेको छ ।

वर्षा नहुँदा देशभरका अधिकांश स्थानमा तापक्र बढ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV