
१. सुदूरपश्चिम प्रदेशको प्रमुख व्यवसायिक केन्द बन्दै गएको कैलालीमा राजश्व संकलन उत्साहजनक
उद्योगधन्दा तथा कलकारखाना बढेसंगै तथा व्यवसायजन्य गतिविधिमा भएको बढोत्तरी पछि राजश्व संकलनमा पनि उत्साहजनक वृद्धि हुन थालेको छ ।
मुलुकमा विस्तारै व्यवसाय गर्ने वातावरण बन्दै गएपछि उद्योग धन्दा तथा कलकारखाना खुल्ने क्रममा पनि बढोत्तरी भएको छ । एक समय लोडसेडिङले उद्योग धन्दाहरु धराशायी बन्दा यो क्षेत्रमा निराशाजनक वातावरण सिर्जना भएको थियो । तर अब देशमा उज्यालोको आगमन हुँदा त्यस्को प्रभावले निजी क्षेत्र उत्साहित भएको छ ।
अझै पनि निजी क्षेत्रमा उत्साह भर्नका लागि गर्न धेरै बाँकी छ । अहिले हरेक जिल्लामा राजश्व संकलनमा भएको वृद्धिले सकारात्मक संकेत दिदै गर्दा यसैमा भने चित्त बुझाउनु पर्ने अवस्था भने छैन । यद्धपि सुदूरपश्चिम प्रदेशको प्रमुख व्यवसायिक केन्द बन्दै गएको कैलालीमा पनि उत्साहजनक वातावरण बन्दै गर्दा यस्को प्रभाव राजश्व संकलनमा पनि परेको छ ।
२.तरकारी आयात रोकिएपछि कैलाली भन्सार कार्यालयले राजश्व संकलनमा लक्ष्य चुम्न सकेन
उता कैलाली भन्सार कार्यालय भने राजश्व संकलनको लक्ष्यमा केहीले चुकेको छ । निर्यात भन्दा आयात बढी रहेको कैलाली भन्सार कार्यालयले ०७५\०७६ मा २१ अर्व ६३ करोड मुल्यको मालसामान आयात हुदाँ ५ अर्व १९ करोड राजश्व संकलन गर्न सफल भएको हो ।
जुन लक्ष्य भन्दा २ करोडले कम हो । निर्यातमा पनि यो भन्सारबाट ७८ करोड ७२ लाख बराबरको वस्तु निर्यात भएको थियो । कैलाली भन्सार हुँदै तरकारी आयात रोकिनु र छोटी भन्सार कार्यालयहरु ऋलग अलग हुनुले पनि राजश्व संकलनले लक्ष्य चुम्न नसकेको कैलाली भन्सार कार्यालयको जिकिर छ ।
३. जनतालाई दिनु पर्ने सुविधा काटेर सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु विलासी गाडी खरिदमा
काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने उखानलाई चरितार्थ गरेको छ सुदूरपश्चिम प्रदेश सरकारले । ठूलो जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी रहेपनि विकास निर्माण तथा प्रदेशवासीको जनजीविकाको जीवनस्तर उन्नतिको काम छोडेर प्रदेश सरकारले यस बर्ष मात्र करीब ३० करोड बराबरको नयाँ गाडी खरीद गरेको छ ।

जनताको सुविधालाई ध्यान नदिएर आफ्नो सुविधामा मात्र जोड दिएपछि प्रदेश सरकार आलोचनाको पात्र बनेको छ यतिखेर । जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयमा विनियोजित बजेट खर्च गर्न नसकेका मन्त्रालयले त्यही रकमबाट मन्त्रीदेखि लिएर कर्मचारीसम्मलाई गाडी खरीद गर्नुले सुदूरपश्चिम सरकारको रवैया पनि छर्लङ्ग पारेको छ । जनताले तिरको करमा तर मार्ने प्रवृति आखिर प्रदेश सरकारमा पनि मौलाउदै जाने संकेत यही उदाहरणले दिएको छ ।
(भिडियाे)