१३ श्रावण २०७६, सोमबार

काठमाडाैँ । नयाँ शक्ति र संघीय समाजवादी पार्टीको एकतापछि बनेको समाजवादी पार्टी नेपालले १३ केन्द्रीय विभाग प्रमुख र ९ जनवर्गीय संगठनको इन्चार्जको टुंगो लगाएको छ ।

पार्टीको केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले विभागीय प्रमुख तथा जनवर्गीय संगठन इन्चार्जको जिम्मेवारी तोकेको हो । ३६ वटा केन्द्रीय विभाग रहेकोमा अब २३ वटा विभागको विभागीय प्रमुख तय गर्न बाँकी छ ।

अनुशासन समिति प्रमुखमा महेन्द्र श्रेष्ठ, लेखा प्रमुखमा अमरेशनारायण झा, निर्वाचन समिति प्रमुखमा शिवजी यादव, स्कुल विभागमा हेमराज राईलाई जिम्मेवारी दिइएको छ । यस्तै, स्कुल विभागको सहइन्चार्जमा डमरुबल्लव खतिवडा, राज्य व्यवस्था विभाग प्रमुखमा उमाशंकरप्रसाद शाह, कृषि तथा भूमि विभाग प्रमुखमा मदन राई छन् ।

बैठकले हालसम्म एकता सम्पन्न भएको गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदरपश्चिम प्रदेश र प्रदेश नं. २, तथा प्रदेश नं. ५ को समायोजन अनुमोदन गरेको छ । ०००

प्रतिक्रिया दिनुहोस्
LIVE TV