१३ श्रावण २०७६, सोमबार

काठमाडाैं । केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्न नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । गृह कार्य नपुगेको भन्दै हिजो लगातार तेस्रो पटक सचिवालयका बैठक स्थगित गरिएको थियो ।

पार्टी एकता निष्कर्षतिर पुगे पनि नेकपाले स्कुल विभाग प्रमुख टुंग्याउन सकेको छैन । स्कुल विभागको नेतृत्व एमाले पक्षले पाउनुपर्ने माग राख्दै गर्दा माओवादी पक्ष पनि यसमा दावी गर्दै आएको छ ।

बहुआकांक्षी र दाबीमाथि दाबी पर्दै गएपछि केही दिनदेखि सचिवालय तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । त्यही कारण सचिवालय बैठक अघिल्लो हप्तादेखि नै लगातार सरिरहेको छ ।

स्कुल विभागमा सचिवालय सदस्यद्वय नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको दाबी छ । दुई नेताबीच रस्साकस्सी चलिरहँदा स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV