१२ श्रावण २०७६, आईतवार

एजेन्सी । दक्षिणी चीनमा गएको एक भीषण पहिरोमा गरी कम्तिमा ३६ जनाको मृत्यु भएको छ।

सरकारी स्थानीय सञ्चारमाध्यमका अनुसार गुईझाउ प्रान्तमा २० भन्दा बढी घरहरू पुरिदाँ १५ जना अझै बेपत्ता रहेकाे बिबिसीले जनाएकाे छ ।

पहिरोमा परेका ४० जनाकाे भने जीवितै उद्धार गरिएको छ । यो घटना चीनका केही क्षेत्रमा अविरल वर्षा भइरहँदा भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार एक स्थानीय विद्यालयलाई आपत्‍कालीन स्वास्थ्य तथा उद्धार केन्द्र बनाइएको छ भने सरकारले ४४ लाख अमेरिकी डलर उद्धार र विस्थापितहरूको पुनर्स्थापनाको लागि छुट्याएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV