११ श्रावण २०७६, शनिबार
  • सविन लामिछाने

तनहुँ । आगामी डेढ वर्षभित्र तनहुँका सबै ठाँउमा विद्युत सेवा पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले दिएको जानकारी अनुसार बिजुली नपुगेका सबै घरधुरीमा बिजुली बल्नेछ ।

प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा गरेको उपलब्धिबारे बोल्दै केन्द्रका प्रमुख ईन्जिनियर शिवनारायण गोशेलीले उक्त प्रतिबद्धता जनाए । आव २०७६/७७ मा नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा विद्युत् सेवा पु¥याउन काम तीव्र पारिने गोशेलीले बताए ।

आगामी असारसम्म बिजुली नपुगेका सबै घरधुरीमा बिजुली बालिसक्ने केन्द्रका गोशलीले बताएका हुन् । उनका अनुसार तनहुँका ८५ व्रतिशत घरधुरीमा बिजुली पुगेको छ । उनले भने, अब यस वर्षबाट १५ प्रतिशत घरधुरीमा बत्ती बाल्ने प्रयास गर्दैछौं । आर्थिक वर्ष २०७५/७६ मा आँबुखैरेनी गाँउपालिका वडा नं ६ ज्यामिरे छापास्वारा कुलमान ढेडगाँउ, बन्दिपुर गाँउपालिका ६ ग्याजाटार एरिया सराङघाट, ऋषिङ ३ को नाजुङ, सोलुङ, दुभुङ, खाल्टु भञ्ज्याङ, ऋषिङ २ गुम्ले र व्यास १३ सुँडेपुललगायत ठाउँका घरधुरीमा बिजुली बलिसकेको छ । विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ÷आठ एमबिएको सबस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ ।

सोही सबस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पु¥याइने गोशेलीले बताए । केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानसमेत सञ्चालन गरेको छ । जिल्लाभर १२ हजार काठेपोल रहेकोमा अहिलेसम्म एक हजार पाँच सय १० वटा पोल विस्थापन भएको गोशलीले बताए ।

केन्द्रले भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थपि रहेको बताईएको छ । जसमा बन्दीपुर गाउँपालिकामा चार, भानु नगरपालिकामा चार , व्यास नगरपालिकामा पाँच ठाउँमा र म्याग्दे गाउँपालिकामा दुई ठाँउमा, आबुखैरेनी गाँउपालिकाको दुई ठाँउमा नयाँ ट्रान्सफर्मर थपिने गोशेलीले बताए । त्यस्तै अन्य १७ वटा ठाँउहरुमा पनि थपिने समेत उनले जानकारी दिए ।

त्यस्तै विद्युत गइरहने समस्या समाधानका लागि २४ एमबिएको तीन सबस्टेशन निर्माण भइरहेको छ । हाल दमौलीमा १६ एमबिए, डुम्रेमा आठ एमबिए र आबुखैरेनीमा सात एमबिएको सवस्टेशन निर्माणाधीन सवस्टेशन निर्माण सम्पन्न भएपछि विद्युत् गइरहने समस्या नआउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV