११ श्रावण २०७६, शनिबार

काठमाडौं । नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या बढ्दै गएपछि चिनियाँ हवाइसेवा कम्पनीको आँखा नेपालमा केन्द्रित हुन थालेको छ । चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पुर्‍याइएको छ ।

चीनबाट सातामा ७० उडान हुने सन्न २०१४ को समझदारीमा उल्लेख भएको छ । अहिले भने सातामा ५६ उडान हुँदै आएका छन् । समझदारीमा हस्ताक्षर भएको पाँच वर्षमा नेपालले चीनमा एउटै उडान गर्न सकेको छैन । याे समाचार अाजकाे नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV