११ श्रावण २०७६, शनिबार

नुवाकोट । जिल्ला अस्पताल त्रिशुलीले समयमा नै उपचार गर्न नसकेको र चरम लापरवाही गरेको भन्दै मृतकको आफन्तले अवरुद्ध गरेको गल्छी–त्रिशुली सडक खण्ड चार बुँदे सहमति पश्चात खुल्ला भएको छ ।

बुधबार अस्पतालमा भर्ना गरी राखिएको तारकेश्वर गाउँपालिका वडा नं ५ कि ३५ वर्षिय गोमा वस्तिको बिहिबार मृत्यु भएका कारण शुक्रबार बिहान बाट अबरुद्ध गरेको सडक दिउँसो ३ बजे बाट पूर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शुक्रबार नै जिल्ला अस्पताल,पिडित पक्ष र प्रहरी बिच बसेको बैठकले चार बुँदे सहमति गरेको छ । यो समचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV