१० श्रावण २०७६, शुक्रबार

काठमाडौँ । सरकार विरुद्ध कांग्रेससँगको मोर्चाबन्दीमा जुटेको राष्ट्रिय जनता पार्टी राजपाले समाजवादी पार्टीसँगको एकता छलफललाई पनि अघि बढाएको छ । यसै सिलसिलामा कांग्रेसले अन्य साना राजनीतिक दललाई समेत कार्यगत एकताका लागि आह्वान गरेको छ । सरकारको कार्यशैलीको विरोधमा उत्रिएको कांग्रेसले केही बुँदामा असहमति जनाउँदै आएको छ ।

कांग्रेस सहित राजपाले सरकारले संवैधानिक मर्म विपरित काम गरेको मात्र आरोप लगाएको छैन, अधिनायकवादी भएको समेत भनेको छ । संघीय व्यवस्थाप्रति उदासिन, राष्ट्रियताको नारा लम्पसारवादमा परिणत भएको विपक्षी दलहरुको आरोप पनि छ ।

विपक्षी दलहरुले बाढी पीडितको राहत र उद्दारमा पनि सरकार उदासिन बनेको आरोप लगाएका छन् । उनीहरुले सर्लाही गोली काण्डमा नेकपा विप्लव समुहका कुमार पौडेलको हत्याको छानवीन गर्न उच्चस्तरीय संसदीय समितिको माग पनि संयुतm रुपमा गदै संसद नै अवरुद्ध गरे ।

कांग्रेससँगको सहकार्य र समाजवादी पार्टीसँगको एकता गर्ने तयारीमा रहेको राजपालाई भने केही कठिनाई देखिएको छ । समाजवादीले कांग्रेससँग तत्काल कार्यगत एकता सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको नेतृत्व आफैं गर्ने दाबी गरेको छ ।

सरकारका गलत कार्यशैली रोक्न सरकार बाहेक सवै दलसँग एकमतको प्रयास जारी राखेको काँग्रेसले राष्टिय मुद्धामा सवै दलको नेतृत्व गर्ने बताएको छ । तर, विश्लेषकहरु राजपा र समाजवादीबीच तत्काल एकताको सम्भावना नभएको तर्क गर्छन् ।

कांग्रेस राजपाको कार्यगत एकताले सरकारका गलत कामलाई केही हदसम्म रोक्न सक्ने राजनीतिक जानकारको भनाई छ । तर, समाजवादीसँग राजपाको एकता सहजै नहुनेमा दुबै दलका नेताहरु प्रष्ट छन् ।

LIVE TV