१० श्रावण २०७६, शुक्रबार
  • कृष्ण पाण्डे

काठमाडौँ । संचारकर्मी तथा गायक दिपु मगर, रेनु मगरको तिज गीत भुरुङ झै गुरूङ सार्वजनिक भएको छ । दिपु मगर, रेनु मगरको स्वरमा रहेको उक्त तिज गीतमा खेम सेन्चुरीको लय रहेको छ भने शब्द दिपु मगरकै रहेको छ ।

यस बर्ष कै उत्कृष्ठ तिज गीतको रुपमा आउने यस तीज गीतमा संगित संयोजन कृष्ण भान्जाले गरेका छन् भने अन्तिम सम्पादन कुमार रानाले गरेका हुन्। त्यस्तै गीतको भिडियो निर्देशन चर्चित निर्दैशक मौसम हिमालीले निर्देशन गरेका छन् ।

गीतमा रामजी खाँण, रेनु राना , दिपु मगर, सृजना जि.सी र अनिमेस गुरुङले अभिनय गरेका छन् । यो गीतमा करण चैसिरले छायांकन गरेका छन् भने मनोज कार्काीले सम्पादन गरेका हुन् । यो गीत सम्पुर्ण रुपमा एकता फिल्मसले निर्माण गरैको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV