१० श्रावण २०७६, शुक्रबार
  • अमर काफ्ले

इनरुवा । इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६\०७७ का लागि ६९ करोड हाराहारीको बजेट नगर सभामा पेश गरेको छ । असार १० गतेकालागि डाकिएको नगरसभा नगरभित्रको गतिरोध अन्त्यसँगै एक महिनापछि संचालनमा आएको हो ।

नगर प्रमुख राजन मेहताले चौथो नगर सभाकाबीच ६८ करोड ७६ लाख ८८ हजार रुपैंयाको प्रस्तावित अनुमानित खर्च बिवरण पेश गरेका हुन् । सभालाई सम्बोधन गर्ने क्रममा नगर प्रमख मेहताले वार्षिक बजेट पार्टीगत स्वार्थ भन्दा माथि उठि समग्र नगर बिकास केन्द्रित अवधारणा अनुरुप सहमतिका आधारमा तयार पारिएको बताए ।

बजेटले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद, सूचना प्रविधीको विस्तारका अलावा कला साहित्य र सामाजिक सुरक्षा तथा रोजगार सृजना गराउने जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

यस पटकबाट इनरुवा नगरमा यसअघि संचालनमा रहेका बहुवर्षिय योजनालाई क्रमागत योजनामा परिणत गरी अघि बढाउन लागिएको छ ।
नगरसभामा पेश गरिएको वार्षिक बजेटमा नगरका सबै दश वटै वडाकालागि चालु खर्च र क्रमागत समेत गरी १ करोड ९७ लाख रकम बिनियोजन गरिएको छ ।

LIVE TV