१० श्रावण २०७६, शुक्रबार
  • राम गोपाल तमखु

काठमाडौं । भक्तपुर नगरपालिकाले आज फरक क्षमता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरभित्रका अपांगता भएका २ सय ५ जना लाई परिचयपत्र वितरण गरेको हो ।

६० जनालाई रातो र १ सय ४५ जनालाई निलो रङको परिचयपत्र बितरण गरेको छ । परिचयपत्र अनुसारको मासिक भत्ता रातो परिचयपत्र भएकालाई २ हजार र निलोलाई ६ सय रुपैया सरकारी भत्ता पाउने नगरपालिकाले जनाएको छ । भक्तपुर नगरपालिका भित्र मात्रै तीन सय भन्दा बढी फरक क्षमता भएका व्यक्तिहरु छन् ।

परिचय पत्र वितरण गर्दै नगरप्रमुख सुनिल प्रजापतिले नगरपालिले सरकारी संघसस्था, पोखरी, पार्कहरु निमार्ण गर्दा अपांगमैत्री बनाएको बताउनुभयो । अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाको पहिलो प्राथमिकतामा राखेर रोजगारी दिएको समेत नगरप्रमुख प्रजापतिको भनुभयो । अपांगता भएका हरुको लागि लक्षित गरि विभिन्न खेलकुदको आयोजना गर्ने तयारी भइरहेको बताउँदै उहाँले अपांगता भएकाहरुको आवश्यकता अनुसारको समाग्री वितरण गर्न नगरपालिकाले यस बर्ष १५ लाख रुपैया विनियोजन गरेको जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, अपांगतता भएका व्यक्तिहरुको लागि आवश्यक सहायक सामग्रीको लागि बजेट व्यवस्थापन तथा ब्रेल लिपी पाठ्यपुस्तक उपलब्धता, घुम्ती शिविर सञ्चालन लगायतका कार्यहरु गर्दै आएको उप प्रमुख रजनी जोशीले बताउनुभयो ।

LIVE TV