१० श्रावण २०७६, शुक्रबार

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनीमा बिहीबार बिहान करिब साढे पाँच बजे पैदल यात्रुलाई ठक्कर दिई फरार भएको जीप शुक्रबार प्रहरीको नियन्त्रण आएको छ । जिपको ठक्करबाट स्थानीय पानी घट्टा घर भएका ७९ वर्षका खड्गबहादुर दर्लामीको मुत्यु भएको थियो । उनकाे उपचारकाे क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सडकमा पैदल यात्रा गरिरहेका उनको मृत्यु भएपनि कुन सवारीले उनलाई ठक्कर दिएको भनेर प्रहरीले पहिचान गर्न सकेको थिएन । तर फरार रहेको जिपलार्ई सडकमा रहेको ‘सीसीटीभी’फुटेजका आधारमा जिपसँगै चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीको बाग्लुङकाबाट यात्रु लिएर काठमाडौं तर्फ जाँदै गरेको ध १ ज ७३८ नम्बरको बोलेरो जीपलाई तनहुँ प्रहरीको संमोन्वयमा महानगरीय प्रहरी कार्यालय काठमाडौंले पक्राउ गरेको हो ।

‘सीसीटीभी’मा देखिएको फुटेज अनुसार काठमाडौं तर्फ गएको जिपले ठक्कर दिएको अनुमानको आधारमा तनहुँ प्रहरीले काठमाडौं प्रहरीसंग समोन्वय गरेको थियो । त्यसपछि खोजी गर्दा सो नम्बरको जिप काठमाडौं नयाँबस पार्कमा भेटिएको थियो ।

पक्राउ परेका जिपका चालक ईलाका प्रहरी कार्यालय चालक बाग्लुङ गलकोट नगरपालिका वडा नं ११ घर भएका बर्ष २४ को दिपक दर्जीलाइ आँबुुखैरेनीे ल्याइएकाे छ । पक्राउ परेका दर्जीलाई सोधपुछ पछि कानुनी कार्वाही गरिन जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख डिएसपी लिलाराज लामिछानेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV