१० श्रावण २०७६, शुक्रबार

काठमाडाैँ । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत शुक्रवारका दुवै खेलमा नेपालको अनुकूलमा नतिजा आएका छन् ।

यससँगै अब ग्लोबल क्वालिफायरका लागि छनोट हुने कि नहुने भन्ने कुरा नेपालकै बाँकी नतिजामा भर पर्ने छ ।

शुक्रवारका खेलमा सिंगापुरले मलेसिया तथा कुवेतले कतारलाई पराजित गरेका हुन् । जितसँगै ५ अंकका साथ सिंगापुर पहिलो, ३ अंक जोडेको कुवेत दोस्रो र २ अंकसहित नेपाल तेस्रो स्थानमा छन् ।

अंकतालिकामा आफूभन्दा माथि रहेका दुवै टोलीलाई पराजित गर्दा प्रतियोगिता जित्दै नेपाल टी–ट्वान्टी विश्वकपको अन्तिम चरणको छनोटमा पुग्न सक्नेछ । अबको दुवै खेल जितेमा नेपाल अघि जानेछ भने एक मात्र खेल गुमाउँदा पनि विश्वकप सम्भावना त्यहीँ टुंगिनेछ ।

यता, कप्तान पारस खड्का फिट भएका छन् । स्वास्थ्य ठीक नहुँदा ब्याटिङ नक गरेका पारस भोलिको खेलमा मैदानमा उत्रँने हुँदा टीमको मनोबल समेत उच्च भएको छ ।

LIVE TV