१० श्रावण २०७६, शुक्रबार

काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने फिल्म ’झिङ्गेदाउ’मा अभिनेत्री आँचल शर्मालाई अनुबन्धित गरिएको छ ।

केही समयअघि यस फिल्मका लागि नायक नायिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता मुकुन भुसाललाई लिइएको थियो । निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने ’झिङ्गेदाउ’मा कलाकार फाइनल गर्ने क्रममा अभिनेत्री आँचल शर्मालाई पनि लिइएको छ ।

निर्देशक देउजाका अनुसार केही दिन अघि नै आँचलले साइन गरिसकेकी थिइन साथमा चलचित्रमा केकी र आँचलको प्यारालल भूमिका रहने उनको भनाइ छ । भीमनिधि तिवारीको आख्यानमा आधारित चलचित्रमा केकीको जोडीको रूपमा मुकुन रहनेछन् भने आँचलको जोडी कोसँग मिलाइने छ त्यो खुलाइएको छैन । यद्यपी अन्य २ मुख्य कलाकार पनि फाइनल हुन बाँकी रहेको बुझिएको छ । चलचित्र भदौदेखि छायाङ्कनमा जानेछ ।

LIVE TV