
काठमाडौं । एक सातादेखी सुनको कारोबार एउटै मूल्यमा किनबेच भइरहेको छ । गत आइतबार छापावाल सुन प्रतितोला ६५ हजार र तेजावी सुन ६४ हजार ७ सय रुपैंयामा किनबेच भएको थियो।
त्यसयता सुनको मूल्य एक रुपैयाँ पनि तलमाथि भएको छैन । सोही मूल्यमा सुनको कारोवार भईहरको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साउन एक गते ६४ हजार ५ सय रहेको छापावाल सुन दुई गते ६५ हजार पुगेको थियो भने ३ गते ५ सय रुपैंया बढेको थियो। पाँच गते आइतबार ६५ हजारमा झरेको मूल्य त्यसयता बढेको छैन ।