१० श्रावण २०७६, शुक्रबार


काठमाडाै‌ । चीन सरकारले नेपाललाई १८ वटा गन्तव्यमा उडान अनुमति दिएको छ । नेपाल र चीनबीच हप्तामा ९८ वटासम्म एक अर्को देशमा हवाई उडान गर्न पाउने र ८ वटा हवाई रुट प्रयोग गर्न सकिने सम्झौता भएको हो ।

आफ्ना मुख्य १५ विमानस्थलमा नेपाललाई उडान अनुमति दिन तयार भएको चीनले भने नेपालका पर्यटकीय केन्द्र पोखरा र गौतमबुद्धमा उडान बढाउन रुची देखाएको छ । बेइजिङमा भएको सम्झौता अनुसार नेपाल एयरलाइन्सको ग्वान्झाओ उडान चाँडै सुरु हुन सक्नेछ भने हिमालय एयरलाइन्सले बेइजिङबाट आफ्नो उडान सुरु गर्न सक्नेछ।त्यसपछि नेपाल एयरलाइन्सले आफ्नो क्षमताअनुसार चीनका १५ गन्तव्यमध्ये अन्य विमानस्थलमा उडान गर्न सक्नेछ ।

पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले नेतृत्व गरेको नेपाली टोली र चीनको तर्फबाट बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV