१० श्रावण २०७६, शुक्रबार

काठमाडाैं । मौसम पूर्वानुमान महाशााखाको अनुसार आज (शुक्रबार) देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने छ । पहाडि तथा तराई भेगका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको समेत महाशााखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेकाले खोलाहरुमा जल सतह बढ्न सक्ने पनि महाशााखाले जनाएको छ । शुक्रबार बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले नदि वरपरका क्षेत्र र पहाडि भु-भागमा पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

उक्त चेतावनीमा भनिएको छ– ‘देशका पश्चिम तथा पूर्वी तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। त्यसैले ती क्षेत्रका खोलाहरूमा जल सतह बढ्न सक्ने भएकाले नदी वरपरका क्षेत्र, नहर तीरमा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

श्रावण १० गते शुक्रबार
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ। देशको पहाडि तथा तराई भेगका एकरदुई स्थानहरुमा भारीवर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्य बदली रहि केही स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुनेछ। देशको पहाडि तथा तराई भेगका एकरदुई स्थानहरुमा भारी बर्षाकोसम्भावना छ ।

श्रावण ११ गते शनीबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ।

श्रावण ११ गते आइतबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ ।
राति : देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV