१० श्रावण २०७६, शुक्रबार

काठमाडाैं । वैदेशिक रोजगार बोर्डले आर्थिक गत आर्थिक वर्ष विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली कामदारको परिवारलाई राहतस्वरुप ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ सहायता प्रदान गरेको छ ।

आर्थिक वर्षा २०७५–०७६ वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये २३ महिलासहित ७ सय ५३ ले ज्यान गुमाएक थिए । बोर्डले करार अवधिमानै मृत्यु भएका कामदारका परिवारलाई ७ लाख रुपैयाँका दरले आर्थिक सहायता प्रदान गर्ने गरेको छ ।

रोजगारीका क्रममा अंगभंग तथा बिरामी भएका ३ सय ३५ कामदारलाई एक वर्षमा ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहायता प्रदान गरिएको बोर्डले जनाएको छ ।

LIVE TV