१० श्रावण २०७६, शुक्रबार

काठमाडौं । हतार हतारमा टालिएका काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा रहेका सडक तथा राजमार्ग वर्षाको पानीले पखालेपछि सडकभरी खाल्टाखुल्टी देखापरेका छन् ।

खाल्टाखुल्टीले दुर्घटनाको खतरा बढेको छ भने पानी आउँदा हिलो र घाम लाग्दा धुलो सहन यात्रु, सवारी चालक तथा सर्वसाधारण बाध्य छन् । गुणस्तरहीन कामका कारण राजमार्गमा ठूलाठूला खाल्डा परेका छन् भने काठमाडौं उपत्यकाका सडकमा समेत त्यस्तै खाल्टैखाल्टा सडकभरि देखिन थालेका हुन् । काठमाडौं उपत्यका र मुख्य सडकको अवस्था विगतका वर्षमा भन्दा केही राम्रो भए पनि खाल्टा पर्ने क्रम भने बढिरहेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल उचित ढल व्यवस्थापन नहुनु, पानीको मात्रा धेरै भएर सडकमा आउनु तथा सडकको निर्माण पनि गुणस्तरीय ढंगले नहुँदा समस्या आएको बताउँछन् । असारमा बजेट सक्न हतार–हतार पुरिएका खाल्टासमेत वर्षाले पखालेसँगै प्वाल देखिएका हुन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV