९ श्रावण २०७६, बिहीबार
  • दिलिप कुमार सहनी

सिरहा । सिरहाको सुखीपुर नगरपालिका -८ गोठचौकबाट लागुऔषध कारोबारमा संलग्न आमा-छोरा परेका छन् । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले आमा-छोरालाई लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका- ४ तेनुवापट्टि घर भएको ३४ वर्षीया सीतादेवी यादव र उनका छोरा १८ वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जानकारी दिनुभयो।

पक्राउ परेका आमा-छोराले भारतीय बजारबाट लामो समयदेखी लागुऔषध ओसारपसार गर्दै आईरहेको प्रवक्ता बोहरा बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका आमा छोरा साथबाट ३९ एम्पुल फेनारगन र ३५ पिस डाइजोपाम झोलामा लुकाएर राखेको अवस्थामा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV