९ श्रावण २०७६, बिहीबार

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सरकारले संघीयताको मर्म विपरित ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विधेयक’ ल्याएको भन्दै आपत्ति जनाएका छन ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रतिनिधिसभाका सांसदद्धय संजयकुमार गौतम र उमाशंकर अरगरियाले संघीयताको मर्म विपरित हुनेगरी विधेयक आएको उल्लेख गर्दै आपत्ति जनाउनु भएको हो । उहाँहरुले सरकारले ल्याएको विधेयक संघीयताको मर्म विपरित हुने गरी आएकाले मान्य नहुने चेतावनी पनि दिनुभयो ।

सांसद अरगरियाले प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा निकायको परिचालन गर्ने पूरानै व्यवस्थालाई सरकारले निरन्तरता दिएकोमा पनि चर्को असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV