९ श्रावण २०७६, बिहीबार

काठमाडाैँ । हिमाल आरोहण गर्दा प्रयोग हुने पोसाक ‘डाङरी’ प्रायः विदेशबाट आयात हुन्छ । नेपालमा बन्ने गरेको भए पनि कच्चा पदार्थ विदेशबाटै आयात हुन्छ ।

तर, त्यसको विवरण भन्सार कार्यालयसँग छैन । एउटा पोसाकको २० हजारदेखि एक लाख रुपैयाँसम्म पर्छ ।

नेपालमा हरेक बर्ष हिमाल आरोहण गर्दा लगाउने डाङ्री पोशाक आयातको भन्सारसँग रेकर्ड छैन । भन्सार कार्यालयदे अन्य पोशाकसँगै आउने भएका कारण छुट्टै रेकर्ड नहुने बताएको छ । जसका कारण पोशाकको गुणस्तरीयतामा समेत प्रश्न उठ्ने गरेको छ । हिमाल आरोहण गर्दा बिदेशी ब्र्राण्डका डाङ्रीबाट समस्या नहुने तर, नेपाली उत्पादन कम गुणस्तरको हुने आरोहीहरु बताउँछन् ।

अमेरिका, जापान, युरोपबाट बढी आयात हुन्छ । त्यस्तै नेपाली ब्राण्डका लागि कच्चा पदार्थ चीनबाट आयात हुन्छ । विदेशी ब्राण्डको मूल्य एक लाख भन्दा बढी पर्न आउँछ । नेपालमा बिदेशी कच्चा कपडा आयात गरी तयार गरेको डाङरीको मुल्य प्रति गोटा रु. २० हजार देखि ५० हजार सम्म रहेको छ ।

डाङ्री पोशाक हिमाल आरोहण गर्दा आधार शिबिर भन्दा माथि मात्र प्रयोग हुने गर्दछ । आरोहण गर्दा प्रयोग हुने पोशाक सजिलै किन्न सकिने भए पनि अरुबेला प्रयोगमा आउँदैन ।

LIVE TV