९ श्रावण २०७६, बिहीबार

कामठमाडौं । सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि तथा इन्जिनियरिङको अग्रणी कलेज कान्तिपुर सिटी कलेज (केसीसी)ले यही शुक्रबार र शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म श्रावण १० र ११ गते हुने भएको छ ।

कान्तिपुर सिटी कलेज आफ्नै प्राङ्गणमा केसीसी प्रदर्शनी २०१९ को आयोजना गर्ने भएको हो । केसीसी प्रदर्शनी २०१९ को मूल नारा “नपुण विचार, दीगो उपाय” रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् र उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् ।

कार्यक्रममा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङका विद्यार्थीका २६ भन्दा बढी प्रोजेक्टहरू, चारवटा फुड स्टल, गेम स्टल, साङ्गीतिक कार्यक्रम र ‘दीगोपनका लागि प्रविधि’बारे सम्मेलन आयोजना गरिनेछ । दुई दिनमा २० हजारभन्दा बढी अवलोकनकर्ताहरूको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदर्शनीका केही प्रोजेक्टहरूमा क्युआर कोडबाट रष्टुराँको अर्डर व्यवस्थापन, दर्ताचलानी, रोबोट, होम अटोमेसन, क्वाडकप्टर, कोटेश्वर ट्राफिक व्यवस्थापन, आकाशे पानी सङ्कलन, स्मार्ट सिटी नमूना, पुनर्निर्माणका लागि नेपाली घरको नमूनालगायत रहेका छन् । त्यस्तै, कार्यक्रममा नेपाली गायक प्रमोद खरेल, डान्सर बिनु शाक्य, लोकगायिका निशा जि एमलगायतको प्रस्तुति पनि रहनेछ ।

शुक्रबार वि.सं. २०७६ श्रावण १० गतेका दिन उक्त कार्यक्रमको औपचारिक समुद्घाटन गरिनेछ । कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)का साथै विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वलगायत अन्य कलेज, विश्वविद्यालय, सरकारी निकाय, कम्पनी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV