९ श्रावण २०७६, बिहीबार

काठमाडौं । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखामा खरिदार घुस रकम सहित पक्राउ परेका छन् ।

कार्यालयका खरिदार पुष्कर अधिकारी होटल व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग ७३ हजार ९५० रुपैयाँ लिदैँ गर्दा पक्राउ परेका हुन् । अख्तियारको टोलीले उनलाई ४ हजार घुससहित पक्राउ गरेको थियो।

अख्तियारको टोलीले उनको कोठामा खानतलासी गर्दा ७३ हजार ९५० घुस लिइएको पाइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV