९ श्रावण २०७६, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोती विरुद्ध १ लाख ७ हजार घुस लिएको भन्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत १ लाख ७ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घुससहित नियन्त्रणमा लिई अनुसन्धान भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV