९ श्रावण २०७६, बिहीबार

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले एक हप्ता भित्रै पार्टीका सम्पूर्ण कार्य पुरा गरि पाटी एकता कायम गरिने जानकारी गराउनुभएको छ ।

प्रेस संगठन बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले आउँदो हप्तामा सम्पुर्ण कार्य पूरा गरी एकता पूर्ण भएकाे घोषणा गरिने पाटीको योजना रहेको जानकारी गराउनुभयो ।

सरकारले डेढ वर्षकाे कार्यकालबाट सिक्दै अघि बढ्ने भट्टराईले बताउनुभयो । उहाँले अघिल्लो आर्थिक वर्ष सरकारको आधार वर्ष भएको भन्दै चालु आव आर्थिक विकास र समृद्धिको वर्ष हुने दाबी समेत गर्नुभयाे । साथै अबको तीन वर्षभित्र मुलुकमा देखिने गरी परिवर्तन हुने दावी समेत उहाँले गर्नुभयो ।

कार्यक्रममा नेता भट्टराईले एक वर्षभित्र मातहत कमिटीको अधिवेशन गरी डेढ वर्षभित्र एकताको महाधिवेशन गर्ने बताउनुभयो ।

उहाँले पार्टी एकतालाई पूर्णता दिनेक्रममा स्कुल विभागको प्रमुखका लागि देखिएको विवाद सामान्य भएको बताउनुभयो । उहाँले स्कुल विभागको नेतृत्व जसको भए पनि पार्टीको लाईन जनताको जनवाद नै हुने स्पष्ट पार्नुभयो । दुई महिना संगठन सुदृढीकरण र जनपरिचालन गरिने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV