९ श्रावण २०७६, बिहीबार

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई प्रधानमन्त्रीले नभेटेको दाबी गर्नुभएको छ । रअका प्रमुख गोप्य रुपमा नेपाल आएको र प्रधानमन्त्रीलाई भेटेको हो ? पत्रकारहरुको प्रश्नको जवाफ दिँदै बास्कोटाले उनी आएकोबारे सरकारलाई थाहा नभएको बताएका हुन् ।

बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘भारतीय गुप्तचरका प्रमुख नेपाल आएको भन्ने थाहा छैन । यदि आएको हो र भेटेको हो भने कुटनीतिक आचारअनुसारै भएको होला । तर प्रधानमन्त्रीले भने भेट्नुभएको छैन, अफवाह नफैलाऔँ ।’ आएको भए पनि ककसले भेटे भन्नेबारे आफू जानकार नरहेको उहाँको भनाइ थियो ।

उहाँले बाहिर भनेजस्तो प्रधानमन्त्रीसँग कुनै गुप्तचर प्रमुखले नभेटेको जिकिर गर्नुभयो । भेटेकै हो भनेर पुष्टि हुने तथ्यका साथ आउनुपर्‍यो भन्दै सञ्चारकर्मीलाई नै पुष्टि गर्न उहाँले चुनौती दिनुभयो । साथै यदि भेटेकै भए पनि रअको प्रमुखलाई भेट्दैमा कोही रअ पक्षधर हुने पनि हाेइन भन्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV