९ श्रावण २०७६, बिहीबार

काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभागमा कुरा मिल्न नसक्दा सचिवालय बैठक अनिश्चित भएको छ ।

दुई अध्यक्षले पर्याप्त गृहकार्य गर्न नसकेको भन्दै साउन ७ गतेका लागि बोलाइएको सचिवालय बैठक आजका लागि सारिएको थियो ।

आज बोलाइएको बैठक नेकपाका संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृति दिवसमा नेताहरु व्यस्त हुनुपरेको भन्दै स्थगित गरिएको छ । तर नेताहरु नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेलले दाबी गरेको स्कुल विभागमा दुई अध्यक्ष निचोडमा पुग्न नसक्दा सचिवालय स्थगित भएको हो ।

विभाग प्रमुखहरुको टुंगो लगाउन दुई अध्यक्षले गृहकार्य नपुगेको बताएपछि सचिवालय बैठक स्थगित भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलेले दुई अध्यक्षले विभाग प्रमुखहरुबारे निर्णय लिइनसकेकाले बैठक स्थगित भएको जानकारी दिए ।

नेकपामा अन्य विभागहरुमा विवाद नभए पनि स्कुल विभागमा भने गुटगत रुपमा विवाद सतहमा आएको छ । नेताहरूले दाबी नछाडेपछि साे विभाग अध्यक्ष अाफैले राख्ने श्रेष्ठ र पोखरेलकाे विकल्प खाेजेर तेस्राे व्यक्तिलाइ दिने भन्नेबारे पनि नेकपा अध्यक्षद्वयबीच छलफल भएकाे स्राेतकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV