९ श्रावण २०७६, बिहीबार

रामेछाप । रामेछापको साँघुटार बजारमा आगलागी हुँदा दुई वटा घर र तीन वटा झुप्रा जलेर पूर्णरुपमा नष्ट भएको छ । करेन्ट सर्ट भएर बिहान आठ बजेबाट शुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

सिंहदेवी निर्माण सेवाको स्टोरबाट सुरु भएको आगोले अंकित श्रेष्ठ, राजन सुवेदी, नविन बुढाथोकी, अनिष थापा तथा कुमार थापाको घर र घरभित्र रहको सामान पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV