८ श्रावण २०७६, बुधबार

काठमाडौँ । चैतमा भएको लगानी सम्मेलनमा सोकसमा राखिएका ५० मध्ये ३१ वटा सरकारी परियोजनामा ७१ लगानीकर्ताले लगानी गर्ने इच्छा देखाएका छन् । बाँकी १९ वटामा प्रस्ताव आएको छैन । सम्मेलनमै दुईपक्षीय हस्ताक्षर भएका परियोजनामा पनि प्रगति भएको छैन ।

लगानी सम्मेलन सकिएको करिब चार महिनामा ७१ लगानीकर्ताले ३१ सरकारी परियोजनामा लगानीको प्रस्ताव गरेका छन् । जसमध्ये तीन वटाको स्वीकृत भइसकेको छ । लगानी बोर्डले एउटा परियोजनाको लगानी प्रस्ताव अस्वीकार गर्दा २६ वटा अन्तिम प्रक्रियामा छन् । बोर्ड बैठक बसेपछि ति परियोजनामा लगानी स्वीकृत हुने बताइएको छ ।

सुरक्षाको प्रत्याभूतिसहित लगानीकर्ताका विभिन्न सर्त सरकारले अस्वीकर गरे बोर्डले प्रस्ताव स्वीकृत गरेपनि लगानीको सुनिश्चितता भने हुदैन । तर, बोर्ड भने विद्यमान कानुन र सरकारका सर्त स्वीकर गरेरै लगानीकर्ता आउने भन्दै मूल्यांकन गरिएका प्रस्ताव स्वीकृत भएपछि परिणाम सकारत्मक देखिने दावी गर्छ ।
लगानी सम्मेलनमा निजी क्षेत्रबाट राखिएका १५ परियोजनामा दुई पक्षीय सम्झौता भएको थियो । तर, नीजि क्षेत्रले हस्ताक्षर गरेका परियोजनामा लगानी सुनिश्चित भइसकेको छैन । सरकारले नितिगत सुधारसहित सुरक्षाको ग्यारेन्टी गरेपनि ढुक्क हुने वातावरण नबन्दा ति परियोजनामाद खासै प्रगति नभएको निजि क्षेत्रको दावी छ ।

सम्मेलनमै विदेशी लगानीकर्ताले १७ खर्ब बराबरको प्रतिवद्धता जनाएका थिए । तर, प्रतिवद्धता जनाएकै लगानी पनि निश्चित नहुँदा दावी गरिएअनुसार ति आयोजना अगाडि बढ्लान भन्नेमा प्रशस्त शंका छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV